११ कार्तिक २०८१, आइतबार 1730031040
समाचार

मोटरसाइकल ठक्करले बालकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका–६ स्थित सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा राप्ती सोनारी–६, हब्रहवाका तीन वर्षीय बालक श्रीयङ्स बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानकपुरले जनाएको छ । 

मोटरसाइकल ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि नेपालगन्ज अस्पतालमा लैजादैगर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

ठक्कर दिने मोटरसाइकललाई खोज्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकको कमान्डमा प्रहरी परिचालन भएको उहाँले बताउनुभयो ।