१० कार्तिक २०८१, शनिबार 1730001819
राजनीति

पूर्वाधार समितिलाई सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न ध्यानाकर्षण

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न ध्यानाकर्षण गराएका छन् ।

आज प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षति हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, बाटोै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिँडेदाहिँड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै उनले ध्यानाकर्षण पनि गराएका छन् ।

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए ।

‘खाल्डो खनेर ह्युम पाइप अस्थायी रुपमा राख्ने वयवस्थापन तत्काल गरियोस्,’ पौडेलले भने, ‘बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् । म यहि अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

Tags :