२७ भदौ २०८३, शनिबार 1789242801
Banner

कोसीमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार, सभामुखबाट राजीनामा दिएका गौतम अर्थमन्त्री बने

विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। गठबन्धनबाट मुख्यमन्त्री भएका थापाले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्समा समेटेका छन्।

मुख्यमन्त्री थापाले माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका हुन्। गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री थापाले सपथग्रहण गरेलगत्तै तीनै जना मन्त्रीले पनि सपथ खाएका थिए। 

सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको वरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन्। जबेगु र सुनुवासर असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए। तर, उनीहरूले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो।