२७ भदौ २०८३, शनिबार 1789247061
Banner

प्रधानन्यायाधिश र महालेखा परीक्षक सिफारिस गर्न संवैधानिक परिषद्कोे बैठक ५ बजे बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ। प्रधानन्यायाशीध, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । अस्ति थाती रहेका एजेन्डाहरूमा आज छलफल हुने छ । आज रिक्त रहेका संवैधानिक अंगमा सिफारिसबारे पनि छलफल हुने जनाइएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले ६ वर्षे कार्यकाल पूरा गरी जेठ ७ गतेदेखि अवकाश लिएपछि रिक्त छ। संविधान अनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी छँदै सिफारिस भइसक्नु पर्ने थियो।

त्यस्तै, प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको पनि साउन २० गतेदेखि पदावधि सकिँदै छ। तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गरेको छैन।

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन्।