१४ आश्विन २०८३, बुधबार 11:07 am
Banner

एमाले अध्यक्ष ओलीले आज देशभरका पार्टीको पालिका अध्यक्षहरूलाई सम्बोधन गर्नुहुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्नुहुने भएको छ ।  दिउँसो २:०० बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने भएको हो । उहाँले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न पालिका अध्यक्षहरूलाई निर्देशन दिनुहुनेछ। 

काँग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट अध्यक्ष ओलीले पार्टीको स्थानीय तहका अध्यक्षहरूलाई निर्देशन दिन लाग्नुभएको हो ।