७ जेष्ठ २०८३, बिहिबार 1779427312
Banner

आज बस्ने राष्ट्रिय सभा बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठक पनि अवरोध गर्ने भएको छ ।

राष्ट्रिय सभा बैठक आज एक बजे बस्दैछ । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन अटेर गरेको भन्दै एमालेले राष्ट्रियसभा बैठक पनि अवरूद्व गर्ने भएको हो ।

यसअघि एमालेले ण्प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको छ ।