४ भदौ २०८३, बिहिबार 1787263507
Banner

प्रचण्डकै सल्लाहमा फाइल खोलेको हो, दोषी पार्टीकै भएपनि छाडिन्न : गुहमन्त्री श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं गुहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको राम्रो कामका बलमा एकता, रूपान्तरण गरेर पार्टी पुनर्निर्माण गर्नुपर्ने बताउनुभएकाे  छ।

बिहिबार पार्टिको केन्द्रीय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले अहिले पार्टी रूपान्तरणको अवसर रहेको बताउनुभएकाे हाे ।

उपाध्यक्ष श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताउनुभयाे । सरकारले भ्रष्टाचार विरोधी अभियान चलाइरहेको बेला छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए पनि कसैलाई नजोगाउने उहाँको भनाई छ ।

यस्तै, उपाध्यक्ष श्रेष्ठले पार्टीलाई स्वाधीनता, परिवर्तनको रक्षा, समृद्धि, शान्ति प्रक्रिया, समाजवादमा लैजानुपर्ने अहिलेको मुख्य कार्यभार रहेको  बताउनुभयाे । उहाँले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आफ्नो पूर्ण समर्थन रहेको र बैठकपछि पूर्ण प्रतिवेदन आउने जानकारी  दिनुभयाे ।