१८ आश्विन २०८३, आइतबार 8:54 am
Banner

ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना छुटे

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो। 

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौँले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।