२९ भाद्र २०८१, शनिबार 1726370319
Banner

नेकपा एमाले क्विन्टलको ढक हो, गठबन्धन एक–एक किलोका ढक हुन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा कुनैपनि दलको एमालेसँग एकलै लड्न सक्ने सामथ्र्य नभएको बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायकमा हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला–एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताउनु भयो ।

उहाँले गठबन्धनका दलहरुलाई एक एक किलोको ढकको संज्ञा दिनुहुदै भन्नुभयो, ‘यदी एउटा तराजुमा एक–एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो। अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो। पाँचबटा गठबन्धन भनेको एक–एक किलोका ढक हुन्। त्यो पाँच वटा गठबन्धनले के गर्छ ?’ एक्लै एमालेसँग लडन आउने अबको नेपालमा कुनैपनि पार्टीले नचिताए हुन्छ उहाँले भन्नुभयो, एक्लै लडछु भन्ने कुरा सोच्दै नसोचे हुन्छ नचिताए हुन्छ । उहाँहरुले गठबन्धन गर्नुपर्छ । हामीलाई पनि बराबरीसँग लडन सजिलो हुन्छ अध्यक्ष ओलीले भन्नुभयो । गठबन्धनमा झगडा हुन्छ , कुरा मिल्दैन भनेर मनोनयनका लागि पनि दुई दिनको समय छुट्याएको उहाँको आरोप थियो ।