१० कार्तिक २०८१, शनिबार 1729995217
Banner

संघीयताप्रतिको संशय हट्दै गएको छ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयताप्रतिको संशय हट्दै गएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

नेपालमा कार्यान्वयनको चरणमा रहेको संघीय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुँदै गएको उनको भनाइ छ । संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएको उनले बताए ।

प्रदेश र स्थानीय तहमा धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भइसकेको बताउँदै उनले संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने विश्वास व्यक्त गरे ।

Tags :