१८ श्रावण २०८३, सोमबार 1785755311
Banner

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठका विषयमा उजुरी आह्वान

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका विषयमा उजुरी आह्वान गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको हो । गत साउन १८ गतेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि मंगलबार श्रेष्ठको विषयमा उजुरी दिन आह्वान गरिएको हो ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार समितिले १० दिन समय दिएर उजुरी आह्वान गरेको हो ।

उनले भने, ‘प्रस्तावित प्रधानन्यायाधीशको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्ति प्र्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रष्ट आधार खोली मर्यादित भाषामा समिति समक्ष सूचना वा उजुरी दिन सरकारी सरकारी सञ्चार माध्यामहरुमार्फत् सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु ।’