१० कार्तिक २०८१, शनिबार 1729995495
Banner

रोल्पामा बस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

काठमाडौं । रोल्पामा ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा तीन गम्भीर घाइते भएका छन् ।

रोल्पाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको सो बस दुर्घटना हुँदा दुई पुरुष र एक जना महिला गरी तीन जना गम्भीर घाइते भएका हुन् । शहीद मार्ग अन्तर्गत त्रिवेणी गाउँपालिका( ७ मा तिलाबजार नजिकै मंगलबार दिउँसो १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष र एक जना महिला गरी तीन जना घाइते गम्भीर भएको जिल्ला प्रहरी कार्यालयका रोल्पाका डीएसपी श्याम सारुमगरले जानकारी दिए । उनीहरुलाई रोल्पाकै रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकदेखि करिब १ सय मिटर तल खसेको छ । अन्य घाइतेको उद्धार कार्य भइरहेको छ । बसमा करिब १० जना सवार रहेको र उनीहरुलाई सामान्य चोटपटक लागेको डीएसपी सारु मगरले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।