काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।
सभापति शेरबहादुर देउवा निवासमा सो बैठक आज ४ बजे बस्नेछ । बैठकमा सुन तस्करी, संसद सञ्चालनलगायत विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।
त्यसैगरी देउवाले समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी हुनेछन् ।