८ मंसिर २०८१, शनिबार 1732348212
Banner

आज पनि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । आज पनि राष्ट्रियसभा बैठक स्थगित भएको छ। सत्ता र प्रमुख प्रतिपक्षी दुवैको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको हो ।

आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि नियमित कार्यसूचीमा प्रवेश गर्ने क्रममा एमाले सांसदले उठेर विरोध गरेका थिए।

त्यसपछि अध्यक्ष गणेश तिमल्सिनाले एमाले संसदीय दलका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए। तर, सत्ता पक्षका सांसदहरुले प्रतिपक्षलाई मात्रै बोल्न दिएको भन्दै उठेर विरोध गरिरहे।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बसेर बैठक संचालनमा सहयोग गर्न आग्रह गरे।

तर, सत्ता र प्रतिपक्षी दलका सबै सांसदले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगित भएको घोषणा गरे।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कार्यसूचीमा अगाडि बढाउन आग्रह गरे । तर दुवै पक्षका सांसदहरु नबसेपछि कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक नै स्थगित गरे ।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बसेर बैठक संचालनमा सहयोग गर्न आग्रह गरे।

तर, सत्ता र प्रतिपक्षी दलका सबै सांसदले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगित भएको घोषणा गरे। अब राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।

Tags :