काठमाडौं । पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर चुनिएका छन् ।
पाकिस्तानमा संसद् भंग गरेर निर्वाचनको तयारीका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा काकरलाई कार्यबाहक जिम्मेवारी दिइएको छ ।
कार्यबाहक प्रधानमन्त्री चुनिएपछि उनले ट्वीटमा लेखेका छन्, ‘सर्वशक्तिमान अल्लाहलाई धन्यवाद, जसले मलाई पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीको रूपमा राष्ट्रको सेवा गर्ने अवसर दिए ।’
काकर नेतृत्वको कार्यबाहक सरकारले अब ९० दिनभित्र चुनाव गराई नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ । सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा काकर प्रधानमन्त्री चुनिएका हुन् ।