११ कार्तिक २०८१, आइतबार 1730016998
Banner

कोशी प्रदेशसभा बैठक भदौ १ गते

काठमाडौं । कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसअघि सो बैठक असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको थियो ।

यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश निजामती सेवा ऐन (पहिलो संशोधन) अध्यादेश, २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक निष्क्रिय बनेको हो ।