११ कार्तिक २०८१, आइतबार 1730009439
Banner

सप्तकोशीमा घट्यो पानीको बहाव

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ ।

आज ३४ वर्षयताकै उच्च विन्दुमा पुगेको सप्तकोशीको पानीको बहाव घटेको हो । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

जुन इतिहासमै पहिलोपटक यसरी ढोका खोलिएको बताइन्छ । यद्यपि मध्यान्ह गरिएको मापन अनुसार पानीको बहाव ३ लाख ६५ हजार क्युसेक प्रतिसेकेण्डमा झरेको छ । बिहान सप्तकोशीमा ४ लाख ५२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव थियो ।

यो रेकर्ड ३४ वर्षयताकै उच्च हो । कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको थियो । कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार कट्यो भने सचेत गराउन रातो बत्ती बाल्ने गरिएको छ ।

Tags :