४ भदौ २०८३, बिहिबार 1787261701
समाचार

किन नेपाल आउँदैछ चिनियाँ सेना ?

काठमाडौं। चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ। चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो।

चिनियाँ सेनाको टोली ३ दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बतायो। भेटमा २ देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो।