११ कार्तिक २०८१, आइतबार 1730073296
Banner

काठमाडौँका यी क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ–काठमाडौँका विभिन्न क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

स्युचाटार सब स्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सब स्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।