११ कार्तिक २०८१, आइतबार 1730031147
Banner

जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु

दाङ । दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसअघि ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको बताइएको छ ।

साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीन जना बिरामी परेका थिए ।

त्यस्तै मृतकका श्रीमान् अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।