१४ श्रावण २०८३, बिहिबार 1785429558
Banner

ललिता निवास प्रकरणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीआईबीलाई दिए जवाफ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा‍ बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नताका सम्बन्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जानकारी गराएका छन् ।

सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर हिजो अपरान्ह डा. भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे बताएको जानकारी दिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

भट्टराईले आज बिहान एक ट्वीट सन्देशमार्फत जानकारी गराउँदै लेखेका छन् – ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु, यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’