६ भदौ २०८३, शनिबार 1787406370
Banner

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ।

सिंहदरबार स्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो। श्रेष्ठको नाम प्रधान न्यायाधीश पदका लागि अनुमोदन भएको समितिको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

त्यसअघि सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न राखेका थिए।