१७ आश्विन २०८३, शनिबार 8:24 am
Banner

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज बस्र्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन्।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध भईरहेको छ।