२६ बैशाख २०८३, शनिबार 1778355910
Banner

नारायणगढ मुग्लिङ सडकमा दुवैतर्फ गाडी चल्न सुरु

काठमाडौं । पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

मुग्लिन नजिक नान्सी पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि अवरुद्ध सो सडक दुईतर्फी नै गाडी चल्न सुरू भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल साँघुरो भएको र हिजोदेखि नै रोकिएका गाडीका कारण लामो जाम भएको छ ।

जसका कारण सहजै गाडी चल्न केही समय गाह्रो हुने उनले बताए ।

Tags :