११ कार्तिक २०८१, आइतबार 1730052530
Banner

चीनमा पनि विद्युुत बेच्ने योजना छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग पनि विद्युत व्यपार गर्ने योजना रहेको बताएका छन् ।

भरतपुर आँपटारीमा निर्माण भएको हेटौंडा भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा मर्स्याङ्दी करिडोरको न्यु भरतपुर २२०र१३२ केभी सबस्टेशनको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको उनको भनाइ छ ।

‘केही समयपछि म चीन भ्रमणमा जाँदैछु । चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौं,’ प्रधानमन्त्री दाहालले भने ।

Tags :