१० कार्तिक २०८१, शनिबार 1729995679
पालिका

बुनपाले घर नक्सा पासको निमित्त अनलाइन वेब बेस ई–बीपीएस प्रणाली कार्यान्वयनमा ल्याउने

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले घर नक्सा पासको निमित्त अनलाइन वेब बेस भ–बीपीएस प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।

केही दिनभित्रै नगरवासीले यो सुविधा लिन सक्ने बुनपा–१० वडाध्यक्ष तथा प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार सो प्रविधि कार्यान्वयनका लागि प्राविधिक कर्मचारी र तथा इन्जिनियरिङ कन्सल्टेन्सिको प्राविधिकहरुका लागि तालिम सञ्चालन भइरहेको छ ।

यो सेवा आएसँगै नक्सा शाखामा हुने गुनासो व्यवस्थापन गर्दै सेवामा पारदर्शिता र निकट भविष्यमा लेस पेपसर बाट पेपर लेसमा पुर्याउने योजना पूर्ण डिजिटलाइजेसन हुने विश्वास आफूले लिएको उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा भनेका छन् ,

Tags :