१० श्रावण २०८३, आइतबार 1785059890
Banner

देश चलाउने भिजन एमालेसँग मात्रै छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देश चलाउने भिजन एमालेमा मात्रै भएको बताउनुभएको छ । कसरी देश बनाउने ? कसरी जनतालाई खुसी बनाउने ? नयाँ नेपाल कसरी बनाउने ? कसरी समस्याको समाधान गर्ने भिजन एमाले पार्टीमा मात्र भएको उहाँको भनाइ थियो । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले त्यस्तो बताउनुभएको हो । कार्यक्रममा उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको समेत बताउनुभयो ।

‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्यले भन्नुभयो।

आफुले पार्टी फुटाउने काममा हस्ताक्षर गर्न नसक्ने जवाफ दिएको भन्दै उहाँले जनताका दुःखले हुर्काएको पार्टी फुटाएर गुटको नेता बनेको भन्दै त्यस्तो दुस्साहस कसैले गर्न नहुने बताउनुभयो । ‘यो बहुत दुःख लाग्दो कुरा, अपराध हो’, शाक्यले भन्नुभयो ।