११ कार्तिक २०८१, आइतबार 1730009961
Banner

नेपालले गुमायो छैटौँ विकेट, गुल्शन झा आउट

काठमाडौँ-  पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ ओभर ५ बलमा एक सय ४४ रन बनाउँदा नेपालले ६ विकेट गुमाएको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए ।

नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल, कुशल मल्ल र आशिफ शेखलाई गुमाएको थियो । खेलमा आशिफले ५८ रन बनाएका थिए भने कुशल भुर्तेलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशल मल्लले दुई रन जोडेका थिए ।