११ कार्तिक २०८१, आइतबार 1730023731
Banner

एमाले लुम्बिनी प्रदेश नेतृत्वका लागि मतदान सुरु

काठमाडौं । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तरगत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

भदौ १६ गतेदेखि जारी अधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने पहल भए पनि सो हुन नसकेपछि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अध्यक्ष पदका लागि मतदान सुरु भएको हो ।

निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल प्रतिस्पर्धामा उत्रिएका छन् । बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।

Tags :