११ कार्तिक २०८१, आइतबार 1730088397
Banner

काठमाडौं महानगर- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको हो । डेंगीबाट संक्रमित भएपछि उनी उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

निधन भएका रिजालको पार्थिब शरीर अहिले बिहान ११ बजे देखि अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने भएको छ ।