११ कार्तिक २०८१, आइतबार 1730016435
Banner

चिनियाँ राजदूतलाई फिर्ता पठाउनुपर्छ: जनमत

काठमाडौं । जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।

बिहीबार पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको बताए ।

‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’

Tags :