११ कार्तिक २०८१, आइतबार 1730016679
Banner

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सुरू

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सुरू भएको छ ।

जिल्ला अदालत काठमाडौंमा फैसला न्यायाधीश सकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस प्रारम्भ गरिएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सिध्याएका छन् भने वादीपक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन् । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ ।

फैसला बहस सुन्न प्रतिवादी सन्दीप लामिछाने अदालतको इजलासमा उपस्थित छन् । यस्तै जाहेरीकर्ता गौशाला २६ पनि इजलासमै रहेको बताइएको छ । यसअघि सो मुद्दा बारम्बार सर्दै आएको थियो ।

Tags :