११ कार्तिक २०८१, आइतबार 1730045165
Banner

प्रधानमन्त्री प्रचण्ड आज सिरहा जानु हुँदै

सिरहा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सिरहा जानु हुने भएको छ । सिरहाको लहान नगरपालिका वडा नं -१४ स्थित प्रदीप गिरीको प्रथम बार्षिकोत्सव समारोहमा सहभागी हुन प्रधानमन्त्री सिरहा जान लाग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा स्वर्गीय गिरीको पूर्णकदको शालिक अनावरण हुने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख लिम्बुले जानकारी दिनुभएको छ ।

आज स्वर्गीय गिरीको आश्रम लहान-१४ मा प्रथम बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा गिरीको पूर्णकदको शालिक अनावरण हुने कार्यक्रम तय भएको छ । निर्धारित कार्यक्रम अनुसार सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।

लहान-१४ को खुट्टी खोलाको छेउमा गिरी २०४६ सालपछि बस्दै आउनु भएको ठाउँ जसलाई प्रदिप गिरीको आश्रम भनेर चिनिने गरिन्छ । स्वर्गीय गिरीलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्ने गरिन्छ ।

बौद्धिक नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा २०७९ साल भाद्र ४ गते राति ७५ वर्षको उमेरमा निधन भएको हो ।