११ कार्तिक २०८१, आइतबार 1730052607
Banner

चेपाङ्ग समुदायले आज न्वागी पर्व मनाउँदै, बागमतीका तीन जिल्लामा सार्वजनिक विदा

हेटौंडा । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिइएको हो।

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भनी शुभकामना दिएका छन्।