८ मंसिर २०८१, शनिबार 1732365345
Banner

एमाले महासचिव पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ बीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका महासचिव पोखरेल र जियनचाओबीच सोमबार बेइजिङमा भएको भेट भएको हो । भेटमा महासचिव पोखरेलले सन् १८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरेअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको स्मरण गरे ।

त्यही कारण नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको भन्दै उनले भनेका छन्, ‘हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं ।’

नेपाल एक चीनको पक्षमा दृढ रहेको र नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्ने उनले बताए ।

चीन र नेपालबीच घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको भन्दै उनले भनेका छन्, ‘राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्छ ।’

राष्ट्रपति सीको नेपाल भ्रमण तथा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला भएका सहमति कार्यान्वयन होस् भन्नेमा आफूहरु पनि दृढ रहेको बताए । उनले भनेका छन्, सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ ।’

Tags :