१० कार्तिक २०८१, शनिबार 1730002136
पालिका

कपन साततले खोला उत्खननबारे के भन्छन् कामनपा ६ र ७ वडाध्यक्ष ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको सीमामा पर्ने कामनपा वडा नम्बर ६का वडाध्यक्ष भुवन लामाले स्थानीयकै आग्रहमा चखुन्चे खोला उत्खन्न गरेको बताएका छन् ।

काठमाडौं महानगरले वडावासीकै आग्रहमा आएर सो खोला उत्खनन् गरेको बताए । खोलाले आकाश देख्नुपर्छ भन्ने मान्यता स्थानीयहरुको रहेको उनले सूचना प्रेसलाई जानकारी दिए ।

यस्तै, कामनपा ७ का वडाध्यक्ष विमलकुमार होडाले पनि खोला उत्खनन्को विषयमा वडाको आपत्ति नरहेको बताए । आफ्नो वडामा खोला खोल्नुहुँदैन भन्नेमा कुनै पनि विवाद नरहेको उनले बताए । खोला आकाश देखेर बग्नुपर्छ भन्ने मान्यता वडावासीहरुको रहेको बताउँदै उनले खोला खोलेर बाटो बनाउने बताए ।

तर, महानगरले खोला उत्खन्न कार्यलाई केही दिनयता रोकेको छ ।

काठमाडौं महानगरपालिकाले बूढानीलकण्ठ नगरपालिकाको सीमानामा जोडिएको स्थानीय खोला खोल्ने विषयलाई लिएर तत्कालीन अवस्थामा दुई पक्षबीच धकेलाधकेल भएको थियो ।

बूढानीलकण्ठ नगर सीमा क्षेत्रका प्रभावितहरु भने खोला उत्खनन्को विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका छन् ।