१० कार्तिक २०८१, शनिबार 1729987515
Banner

चिकित्सक कुट्नेविरुद्ध किटानी जाहेरी

काठमाडौं । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक कुट्नेविरुद्ध किटानी जाहेरी परेको छ ।

गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण भएको थियो ।

कुटपिटको विषयमा मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध उनीहरुमाथि किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

Tags :