१० कार्तिक २०८१, शनिबार 1729981263
Banner

सडकको खाल्डोमा खसेर एक बालकको मृत्यु

काठमाडौं । जनकपुरधाममा सडकको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।

निर्माणका क्रममा ठेक्केदारले छाडेको खुल्ला खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका–२५ का रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए ।

टाउको तल र खुट्टा माथि थोरै देखिएको अवस्था उनलाई भेटेको र खाल्डोबाट बाहिर निकाल्दा उनको मृत्यु भइसकेको स्थानीयको भनाइ छ ।

Tags :