१६ जेष्ठ २०८३, शनिबार 1780178747
Banner

गैह्रीगाउँ हत्या प्रकरण : थप ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं ।गए राति तीनकुनेस्थित गैह्रीगाउँमा भएको एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्याको आशंकामा प्रहरीले थप तीन जनलाई नियन्त्रणमा लिएको छ।

यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। हत्या राई घटनाको जानकारी दिन आफै प्रहरीकोमा उपस्थित भएका थिए।

दिव्य सः फर्निचर मिलमा शुक्रबार राति ११ः४५ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा ४ जनाको शव फेला परेको थियो। हत्या हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्। यस्तै मोरङका १९ वर्षका नवीन राई छन्। कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्।

तालिम प्राप्‍त कुकुरसहित घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।