९ मंसिर २०८१, आइतबार 1732435452
खेलकुद

श्रीलंकालाई हराउँदै भारत बन्यो एसिया कप विजेता

काठमाडौं : श्रीलंकालाई दस विकेटले हराउँदै भारत एसिया कपको विजेता बनेको छ। श्रीलंकाले दिएको ५१ रनको लक्ष्य ६.१ ओभरमा पूरा गर्दै भारत आठौंपटक एसिया कपको विजेता बनेको हो। शुभम गिलले २७ र इशान किसनले २३ रन बनाएर भारतलाई जित दिलाए। 

यसअघि श्रीलंका १५.२ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो। छ पटकको विजेता श्रीलंकाको ब्याट धरासायी बनाउँदै भारतका मोहम्मद सिराज नायक बने। ७ ओभर बलिङ गरेका उनले ६ विकेट लिए। त्यस्तै हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए।

सिराजले चौथो ओभरमा ५ विकेट लिएका थिए।श्रीलंकाले पावर प्लेइङको छैटौं ओभरमै ६ विकेट गुमाएको थियो। छैटौं ओभरको समाप्तिमा उसले १३ रन बनाएर ६ विकेट गुमाएको थियो।

श्रीलंकाका कुशल परेरा, सदीरा, चारिथ अशलंका र दसुन शनाका शून्य रनमै आउट भए। श्रीलंकाका लागि कुशल मेन्दासले सर्वाधिक १७ रन बनाएङ्का थिए। दसन हेमन्थाले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।