११ भदौ २०८३, बिहिबार 1787846392
Banner

शिक्षकहरुलाई आन्दोलनमा आउन शिक्षक महासंघको आह्वान

काठमाडौं । शिक्षक महासंघले संसदमा केही दिनअघि दर्ता भएको विद्यालय शिक्षा ऐनविरुद्ध आन्दोलनका लागि शिक्षकहरुलाई विद्यालय बन्द गरेर आन्दोलनमा आउन काठमाडौं आउन आह्वान गरेको छ ।

शिक्षक महासंघले बागमती प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक तथा प्रधानाध्यापकहरुलाई विद्यालय बन्द गरेरै आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो।

विद्यालय शिक्षा ऐन २०८० नेपालको सार्वजनिक शिक्षालाई थप धरासयी बनाउने, आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेसागत हकहितविपरीत रहेकाले आन्दोलनमा उत्रिनुपरेको महासंघको भनाइ छ ।

महासंघले असोज ३ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ। जसअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरिने जनाइएको छ। माग पूरा नभएमा असोज ४ गतेदेखि विद्यालय बन्द गरेरै आन्दोलनमा होमिने महासंघका पदाधिकारीहरुले जनाएका छन्।