२७ भदौ २०८३, शनिबार 1789249112
Banner

श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्।

भारतीय समाचार पत्र द हिन्दुका अनुसार संकटकाल घोषणा भएपछि लगाइएको कर्फ्यू र त्यसका बाबजुद् आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्। केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। राजीनामा दिनेहरूमा राजापाक्षे परिवारका तीन जना मन्त्री पनि छन्।

राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्। सबै मन्त्रीहरूले राजीनामा दिएपछि अब राष्ट्रपति गोटवायाले नयाँ अनुहारलाई मन्त्री बनाउने अपेक्षा गरिएको छ।

मन्त्रीहरूले दिएको राजीनामाबारे प्रधानमन्त्री महिन्दाले सोमबार राष्ट्रपति गोटवायासँग छलफल गर्दैछन्। एजेन्सी