२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:55 pm
Banner

शिक्षक र सरकारबीच विहान ९ बजे वार्ता हुने

सूचना प्रेस २०८० आश्विन ५ शुक्रबार ००:००, ०४:५८ बजे १ मिनेट पढाइ

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीचको बैठक हिजो बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नगरी टुंगिएको हो ।

बैठक आज बिहान ९ बजे फेरि बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनले आजको बैठक वार्ताको माहोल तयारमा केन्द्रित रहेको बताए ।

उनले हिजो कुनै पनि प्रकारको सहमति नभएको बताए । आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।

ूजबसम्म हाम्रा माग पूरा हुँदैनन्, तबसम्म हस्ताक्षर पनि गर्दैनौँ, आन्दोलन पनि जारी रहन्छ, उनले भने ।