काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ इन्डो–प्यासिफिक’ सम्मेलनमा भाग लिन भारतको नयाँ दिल्ली जाने भएका छन् ।
भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म सम्मेलन हुँदै छ । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृतसमेत गरिसकेको छ ।
प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथि योगराज शर्मा, महासेनानी वसन्त बहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।
उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् ।