काठमाडौं । नेकपा (एमाले)को कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा अधिवेशनको प्रतिनिधि छनोट सम्पन्न भएको छ । एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनीत गरेर १ हजार ४७ जना प्रतिनिधिहरू चयन हुनेछन् ।
एमालेले असोज १२ र १३ गते विराटनगरमा प्रदेश अधिवेशनको मिति तय गरेको छ ।
ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, सङ्खुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १७८, सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनीत ५० जना प्रतिनिधि छनोट भएका छन् । भूगोलबाट ९६२ जना रहनेछन् । युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनोट हुँदा ३३४ जना भने महिला प्रतिनिधि छनोट गर्नुपर्छ ।