काठमाडौं । १९औं एसियाडमा नेपाल ब्याडमिन्टनतर्फ रुष टिमले मंगोलियालाई पराजित गरेको छ ।
बिहीबार बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गरेको छ । योसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २(० ले हराउँदै हराए । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी भए ।
तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २(१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१–२३, २४–२२, १७–२१ ले पराजित भए ।
तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २(० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१(८, २१(९ ले विजयी भयो ।
महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३(१ ले पराजित भयो ।
नेपालकी रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २(१ ले, नङ्शल तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २(० पराजित भए । अनु माया राईले अइसाथ अफ्नान असिदलाई २-० ले पराजित गरेपछि नेपालले खेलमा पुनरागमन गरेको थियो ।
तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग २(० ले पराजित भएपछि नेपाल खेलमा पराजित भएको हो ।