१० कार्तिक २०८१, शनिबार 1729930559
Banner

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीचको छलफल सकारात्मक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकारात्मक भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठक सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ ।
एक स्रोतका अनुसार दुई पक्षबीच भएको बैठकमा आजै सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठन सहमति भएको छ ।

यसअघि पनि आयोग गठन गर्ने विषयमा दलका प्रतिनिधि पटकपटक बसेपनि सहमति जुट्न सकेको थिएन ।