२८ भदौ २०८३, आइतबार 1789320171
Banner

६ बुँदे सहमति भएको भोलिपल्टै चिकित्सक कुटिए,सिनामंगलमा विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालका एकजना डाक्टरमाथि कुटपिट भएपछि त्यहाँ कार्यरत सबै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

आज दिउँसो करिब १ बजे ओपिडीमा आएका एक बिरामीका आफन्तले डा. मनिष खड्कामाथि कुटपिट गरेपछि त्यहाँ कार्यरत सम्पूर्ण चिकित्सकहरू अस्पतालको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।उनीहरू अहिले अस्पताल परिसरमै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। एक डाक्टरका अनुसार १ बजेतिर एक व्यक्ति बिरामी लिएर ओपिडिमा आएका थिए।ओपिडी अगाडि भीड भएपछि डा.मनिष खड्काले उनलाई लाइनमा बस्न भनेका थिए। त्यसपछि बिरामी लिएर आएका व्यक्तिले डा.खड्कामाथि कुटपिट गरेका हुन्।

केएमसीमा डाक्टरमाथि कुटपिट भएपछि त्यस वरपर र भक्तपुरका अन्य अस्पतालका डाक्टरहरू पनि त्यहाँ पुगेर नाराबाजी गरेका छन्।