९ कार्तिक २०८१, शुक्रबार 1729901969
Banner

एमाले कोशी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि साँझ ५ बजेदेखि मतदान हुने

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशनबाट नेतृत्व चयनका लागि साँझ ५ बजेदेखि मतदान हुने भएको छ ।

यसअघि ११ र १ बजे हुने भनिएको सो मतदान विभिन्न कारणले रोकिएपछि पुनः ५ बजेका लागि मतदानको समय सारिएको हो ।

यसअघि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए । निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली भने अझै प्रकाशन गरेको छैन ।

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।