१० कार्तिक २०८१, शनिबार 1729923566
Banner

सरकारबाट पार्टीका मन्त्री फिर्ता बोलाऔँ :महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट पार्टीका मन्त्री फिर्ता बोलाउने प्रस्ताव गरेका छन् ।

आइतबार कांग्रेस रुपान्तरण अभियानद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने उनको भनाइ छ ।
‘म त के प्रस्ताव गर्छु भने यो दुई अढाइ वर्ष उहाँहरुले सरकार बनाउने कुरा छ ।

पहिला प्रचण्ड र त्यसपछि माधव नेपाल, एउटै मोर्चा छ, पार्टी एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं’ उनले भने ।